मकवानपुर

प्रेस संगठन मकवानपुरको जिल्ला सचिवालय गठन

Banner

मकवानपुर, वैशाख ११–

प्रेस संगठन नेपाल मकवानपुरले ११ सदस्सीय जिल्ला सचिवालय समिति गठन गरेको छ ।

नेकपा (माओवादी केन्द्र) मकवानपुरका प्रचार विभाग प्रमुख कमान सिं पाख्रिनको विशेष उपस्थिति तथा प्रेस संगठन मकवानपुरकी संयोजक अञ्जली थापाको अध्यक्षतामा हेटौंडामा शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्ला सचिवालय समितिमा संयोजक थापा, सहसंयोजक एमपी शर्मा, सदस्यहरु शुभलक्ष्मी विक, सरला अधिकारी, अशोकसुजन श्रेष्ठ, इच्छापूर्ण कार्की, रुपा गुरुङ, दिलबहादुर लामा, नवराज वाईबा, रञ्जिता डंगोल, भावना रिजाल रहेका छन् । त्यस्तै, प्रेस संगठनको बैठकले मकवानपुरको निर्वाचन क्षेत्र अनुसार संयोजक पनि तोकेको छ ।

जसअनुसार प्रतिनिधी सभा मकवानपुर १ ‘क’ मा रुपा गुरुङ, ‘ख’मा एमपी शर्मा, मकवानपुर २ ‘क’ मा इच्छापूर्ण कार्की र ‘ख’मा दिलबहादुर लामालाई चयन गरेको छ । साथै प्रेस संगठन मकवानपुरको बैठकले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले जिल्लाको पत्रकारिता, मिडिया र पत्रकारको विकास र प्रवद्र्धनका लागि गर्नुपर्ने नीति तथा कार्यक्रम तयार गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>