चितवन विशेष

लोकतन्त्र दिवसमा शान्ति समाजको दीप प्रज्वलन

Banner

चितवन, वैशाख ११–

१५ औँ लोकतन्त्र दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले शनिबार दीप प्रज्वलन गरेको छ । भरतपुरको चौविसकोठीमा शनिबार साँझ दीप प्रज्वलन गरेको हो ।

दीप प्रज्वलन कार्यक्रममा नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशी प्रमुख अतिथि रहेका थिए । सो क्रममा बोल्दै जोशीले नेपालमा लोकतन्त्र ल्याउनमा शान्ति समाजको भूमिका पनि महत्वपूर्ण रहेको बताएका थिए ।

कार्यक्रममा शान्ति समाजका सचिव बाबुहरि आचार्यले कार्यक्रम माथि प्रकाश पारेका थिए । यस्तै संस्थाका आजिवन सदस्य शंकर कँडेल, पूर्व शाखा सभापतिहरु दिलबहादुर बोगटी, राजेन्द्र पौडेल, नेविसंघ चितवनका सचिब प्रेम पौडेललगायतको उपस्थिति रहेको थियो । शाखा सभापति शम्भु राउतको अध्यक्षतामा भ्भएको कार्यक्रम सचिब दयानिधि अर्यालले संचालन गरेका थिए ।

दीप प्रज्वलन अघि संस्थाले प्रकाशन गरेको भिते पात्रो सचिब बाबुहरि आचार्यले सार्वजनिक गरेका थिए । कार्यसमिति सदस्य बालगोपाल श्रेष्ठको संयोजनमा सो पात्रो प्रकाशन गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>