चितवन विशेष

काम गरिरहेको होटलबाट निकालिएपछि अपाङ्गता भएका ओमप्रकाशले गरे सहयोगको याचना

Banner

चितवन, वैशाख ११-

बाल्यकालमा नै लडेर उपचार नपाई अपाङ्गता भएका ओमप्रकाश गाहा मगरलाई जीवन जिउन धौंधौ परेपछि सहयोगको याचना गरेका छन् ।

भरतपुरको सप्तगण्डकी चोकमा बस्ने गाहा मगर सप्तगण्डकी क्याम्पसकै कक्षा ११ मा पढ्छन् । उनी केही समय अघिसम्म भरतपुरकै एक होटलमा काम गरेर आफू र आफ्नो परिवार चलाउँदै आएका थिए तर होटल मालिकको व्यवहार राम्रो नभएपछि उनले जागिर छाडेर कामको खोजीमा छन् । आर्थिक अभावले अहिले असजिलोमा परेका छन् । उनले नारायणी अनलाइनसँग होटलको नाम भने खुलाउन चाहेनन् ।

प्युठान जिल्लाको सर्मरानी गाउँपालिका–५ मा विसं २०५४ सालमा जन्मिएका उनको एक आमा र दुई भाई छन् । सानै उमेरमा उनको बुबा डोरबहादुर गाहा मगरको मुटु रोगको कारणले निधन भएपछि उनको परिवार थप पीडामा प¥यो । उनले नारायणी अनलाइनसँग भने, आमा पनि गाउँमा खेतीकिसानी गरेर खाने हो । भाइहरुको पनि हेरबिचार गर्नुपर्छ । मेरो काँधमा ठूलो जिम्मेवारी छ । भरतपुरमा पढ्ने र बस्ने खर्च आफैँले जुटाउनुपर्छ ।’

एउटा गोडा नचल्ने भए पनि उनले काम गर्ने हिम्मत हारेका छैनन् । उनी केही गर्ने सोचले प्युठान छाडेर भरतपुरतिर हानिए । ५० हजार रुपैयाँ जति सहयोग पाए ठेला चलाएर खाने भन्ने सोच बनाएका छन् । उनले भने, ‘ठेला चलाएर जीवन निर्वाह गर्ने सोच बनाएको छु । त्यो पनि लकडाउन भयो भने समस्यामा पर्छु कि भन्ने चिन्ता छ । ठेला चलाउन त ५० हजार रुपैयाँ भए पुग्छ तर सटर लिनु प¥यो भने महंगो पर्ला ।’ उनले अहिले सप्तगण्डकी चोकमा कोठा भाडा ३५०० तिरेर बसिरहेका छन् । उनले जो कोही सहयोग मनहरुले धेरै थोरै आर्थिक सहयोग गरिदिए आभारी हुने थिए भनेर नारायणी अनलाइनसँग सहयोगको याचना गरेका छन् । ओमप्रकाशलाई सहयोग गर्न चाहनेले उनको प्राइम बैँक प्युठानको खाता नम्बर : ०६८००६२०A७ मा सहयोग गर्न सक्ने उनले जनाएका छन् । त्यसैगरी उनको सम्पर्क नम्बर : ९८६३१२७४७६ र ९८२९५७७८२९ रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>