Breaking News

चितवनमा थप ४६ जना कोरोना संक्रमित थपिए, आईसीयूमा १० र भेन्टिलेटरमा ३ जनाको उपचार हुँदै

Banner

चितवन, वैशाख ११-

चितवनमा विगत २४ घण्टामा थप ४६ जना कोरोना संक्रमित थपिएका छन् ।

जनस्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांक अनुसार थपिएका ४६ संक्रमित मध्ये भरतपुर महानगरपालिकामा ३८, खैरहनी नगरपालिकामा १, रत्ननगर नगरपालिकामा ४ र कालिका नगरपालिकामा १ जना रहेका छन् ।

योसँगै कोरोना संक्रमितको संख्या चितवनमा सात हजार २७३ जना पुगेको छ । ११५ जनाको निधन भइसकेको छ भने अस्पतालको आइसोलेसनमा २६ जना, घरमा आइसोलेसनमा २९७ जना रहेका छन् ।

भरतपुरको अस्पतालहरुमा जम्मा आईसीयूमा १० जना भेन्टिलेटरमा तीन जना कोरोना संक्रमित बिरामीहरुको उपचार भइरहेको विभिन्न अस्पतालले जनाएका छन् । भरतपुर अस्पतालका कोरोना क्लिनिकल कोर्डिनेटर डाक्टर प्रमोद पौडेलले नारायणी अनलाइनलाई जनाए अनुसार भरतपुर अस्पतालको आईसीयूमा १० जना, भेन्टिलेटरमा २ जना र एचडीयूमा ६ जनाको उपचार भइरहेको छ । त्यस्तै चितवन मेडिकल कलेजका सञ्चार संयोजक डाक्टर किशोर अधिकारीले अस्पतालको भेन्टिलेटरमा १ जना बिरामी रहेको नारायणी अनलाइनलाई जानकारी दिए । यस्तै पुरानो मेडिकल कलेजले दिएको जानकारी अनुसार त्यस अस्पतालमा वार्डमा २ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ । अस्पतालको आईसीयू र भेन्टिलेटरमा कुनै बिरामी रहेका छैनन् । यसरी हेर्दा चितवनमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको देखिन्छ ।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>