Breaking News

२४ घण्टामा थपिए २५५९ कोरोना संक्रमित, पाँच जनाको ज्यान गयो

Banner

काठमाडौं, वैशाख १०–

नेपालमा पछिल्ला दिन कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८७९८ पीसीआर परीक्षणबाट २४४९ र ८६६ एन्टिजेन परीक्षणबाट ११० जना गरी जम्‍मा २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँचजनाको मृत्‍यु भएको छ । पछिल्लो २४ घण्टामा ४१० जना संक्रमणमुक्त भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>