क्रिकेट
डेब्यु खेलमा कमल सिंह ऐरीले लिए ३ विकेट
०

काठमाडौं, वैशाख ९–
अन्तर्राष्ट्रिय टि–२० क्रिकेटमा नेपालका कमल सिंह ऐरीले डेब्यु गरेका छन् ।
टियु क्रिकेट मैदानमा आज (विहीबार) मलेसियाविरुद्ध खेल्दै कमलले डेब्यु गरेका हुन् । कमलले डेब्यु खेलमै राम्रो छाप छोड्न सफल भएका छन् । उनले मलेसियाविरुद्धको खेलमा महत्वपूर्ण ३ विकेट लिए ।
३.१ ओभर बलिङ गरेका कमलले मात्र १६ रन खर्चिए । उनले विरनदिप सिंह, शारभिन मुनिन्दे र मुहम्मद वाफिकको विकेट लिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























