Breaking News

पूर्वी चितवनको बिरेन्द्रनगर खानेपानीमा काँग्रेस र एमाले (ओलि समुह)को प्यानल बिजयी

Banner

चितवन,बैशाख ९-

नेकपा एमाले नेता सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्रमा नेपाली काङ्ग्रेस र नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलि समुहको प्यानलले खानेपानी संस्थाको निर्वाचनमा बिजयी हासिल गरेको छ । राप्ती नगरपालिका ८ मा रहेको बिरेन्द्रनगर साना शहरि खानेपानी तथा सरसफाइ संस्थाको निर्वाचन अन्तर्गत बुधबार मध्यरातमा आएको अन्तिम मत परिणाममा काङ्ग्रेस र ओलि समुहको प्यानलनै बिजयी भएको हो ।

निर्वाचनमा काङ्ग्रेस र ओलि समूहको प्यानल र नेकपा माओवादी केन्द्र ,एमाले नेता माधव समूह ,राप्रपा र नेकपा मालेले अर्को प्यानल बनाएर चुनाबमा होमिएका थिए । मतपरिणाम अनुसार काङ्ग्रेस र ओलि समूह प्यानलबाट अध्यक्षमा चुडा प्रसाद सिलवाल ८१७ मतका साथ बिजयी भए । उनी काङ्ग्रेस निकटका हुन । उनका निकटतम प्रतिद्वन्दी रामचन्द्र पाठकले ४३५ मत मात्र प्राप्त गरे । पाठक नेकपा माओवादी केन्द्र निकटका हुन ।

उपाध्यक्षमा बिजयी भएका राजकुमार कंडेलले ८६४ मत तथा उनका प्रतिद्वन्दी हरि प्रसाद बर्तौलाले ३७८ मत,सचिवमा बिजयी भएकी सिर्जना सिवाकोटीले ७८३ मत तथा उनका प्रतिद्वन्दी हर्क बहादुर मगरले ४३७ मत,कोषाध्यक्षमा निर्वाचित शशी महतोले ८३५ मत तथा उनकी प्रतिद्वन्दी कमला कुमारी बिस्वकर्माले ३८६ मत मात्र प्राप्त गरिन । बिस्वकर्मा राप्ती ८ कि वडा सदस्य समेत हुन । उपाध्यक्षमा निर्वाचित कंडेल र सचीवमा निर्वाचित सिवाकोटी ओलि समुहका हुन भने कोषाध्यक्षमा निर्वाचित महतो काङ्ग्रेस निकटकी हुन ।

संस्थाको सदस्यहरुमा पुष्पा राना मगर ८२८,नवराज अर्याल ८२५,शान्ति कुवर थापा ८०७,नेत्र बहादुर पुन ७९१ र हेमलाल सापकोटा ८०६ मतका साथ बिजयी भए । निर्वाचनमा कुल १ हजार २८६ मत खसेकोमा ७ मत बदर भएको निर्वाचन समिति संयोजक शैलेन्द्र भण्डारीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>