Breaking News

चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय नाघ्यो

Banner

चितवन, वैशाख ८–

चितवनमा पछिल्ला दिन कोरोनाको ग्राफ बढ्दो छ । पछिल्लो २४ घण्टामा चितवनमा थप २० जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा १८, माडी र रत्ननगर नगरपालिकामा एक/एक जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म चितवनमा संक्रमितको संख्या ७ हजार १४९ पुगेको छ । जसमध्ये ६ हजार ८२५ जना निको भएका छन् भने ११४ जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसोसम्ममा चितवनमा संक्रिय संक्रमितको संख्या २१० पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमध्ये १८० जना होम आइसोलेसनमा छन् भने ३० जना अस्पताल भर्ना भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>