Breaking News

वीरेन्द्रनगर खानेपानीे चुनाव: जनप्रतिनिधि नै उम्मेदवार,जनप्रतिनिधि नै प्रस्तावक

Banner

चितवन, वैशाख ७–

चितवनको राप्ती नगरपालिकाका जनप्रतिनिधिहरु आफैले बनाएको आचारसंहिता उल्लंघन गर्न उद्धत बनेका छन् । भोली (बुधवार) हुने वीरेन्द्रनगर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा जनप्रतिनिधिहरु आफै उम्मेदवार वनेका छन् भने चुनावी प्रचारमा समेत व्यस्त छन् ।

राप्ती–८ की वडा सदस्य कमला कुमारी विश्वकर्मा उक्त खानेपानी संस्थाको कोषाध्यक्ष पदमा उम्मेदवार बनेकी छन् भने राप्ती–७ की वडाध्यक्ष सुमिता डल्लाकोटी अध्यक्षका उम्मेदवारको प्रस्तावक वनेकी छन् । नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) माधव नेपाल समूह, राप्रपा र नेकपा (माले)को संयुक्त प्यानलबाट अध्यक्षमा रामचन्द्र पाठकको उम्मेदवारी छ भने सोही प्यानलबाट कोषाध्यक्षमा राप्ती–८ का बहालवाला वडा सदस्य कमला कुमारी विश्वकर्माले उम्मेदवारी दर्ता गराएकी छन् ।

राप्ती नगरपालिका प्रमुख प्रभा बराल नगरपालिकाले बनाएको आचारसंहिता अनुसार बहालवाला जनप्रतिनिधि कुनै संघ, संगठनमा उम्मेदवार बन्न नपाउने र पक्ष विपक्षमा प्रचार प्रसारमा हिड्न नपाउने बताउँछिन् । ‘हामी आफैले आफ्नै आचारसंहिता बनाएका छौं’ प्रमुख बरालले भनिन् ‘आफैले बनाएको निति, नियम उल्लंघन गर्न मिल्दैन्, उहाँहरुले मान्नु भएन् ।’

राप्तीको आचारसंहितामा जनप्रतिनिधि संघसंस्थामा निर्वाचित भएर बस्न सक्दैन भन्ने उल्लेख गरेको प्रमुख बरालले पुष्टी गरिन् । वीरेन्द्रनगर खानेपानीको बुधबार हुने निर्वाचनमा दुई प्यानल चुनावी मैदानमा छन् । नेपाली कांग्रेस र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली समूहको एउटा प्यानल छ भने नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) माधव नेपाल समूह, राप्रपा र नेकपा मालेका अर्को प्यानल छ । कांग्रेस र ओली समूहबाट चुडाप्रसाद सिलवाल (भीमसेन) को नेतृत्व र नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) माधव नेपाल समूह, राप्रपा र नेकपा (माले)को प्यानलबाट रामचन्द्र पाठकको नेतृत्व छ ।

सिलवाल कांग्रेस निकटका हुन् भने पाठक नेकपा (माओवादी केन्द्र) निकटका खानेपानी संस्थाका उपभोक्ता हुन् । निर्वाचन समिति संयोजक शैलेन्द्र भण्डारीले निर्वाचनको तयारी पुरा भएको जानकारी दिए । नयाँ कार्यसमिति चयनका लागि उक्त संस्थाका १ हजार ५३९ जना उपभोक्ताले मताधिकार प्रयोग गर्न पाउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>