चितवन विशेष
चितवनका दवाडी बने वैदेशिक रोजगार विभागको महानिर्देशक
०

चितवन, वैशाख ६-
भरतपुर महानगरपालिका–६ गितानगर अमरवस्तीका कृष्णप्रसाद दवाडी वैदेशिक रोजगार विभागको महानिर्देशक बनेका छन् ।
शहरी विकास मन्त्रालयमा सह–सचिव रहेका दवाडीलाई सरकारको मन्त्रीस्तरीय निर्णयबाट आइतबार वैदेशिक रोजगार विभागको महानिर्देशकमा नियुक्त गरेको हो ।
भरतपुरको गितानगरमा विसं २०२० सालमा जन्मिएका दवाडी भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसका आईए पढ्दै गर्दा २०३९ सालमा सहलेखापाल पदबाट सरकारी सेवामा प्रवेश गरेका थिए । उनले सरकारी सेवामा नै रहँदा नेदरल्याण्डबाट विसं २०५४ सालमा ‘श्रमिक र रोजगारी’ विषयमा स्नातकोत्तर तह पूरा गरेका छन् । लमजुङको विचौरबाट बसाइँ सरेर परिवार चितवन झरेकोले उनको विद्यालय शिक्षा लमजुङबाटै पूरा गरेको पारिवारिक स्रोतले बताएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























