Breaking News

खैरहनी नगरपालिकामा धमाधम सामुदायिक कुकुरको बन्ध्याकरण, हैरानी न्यूनीकरण हुने आशा

Banner

चितवन, वैशाख ६-

चितवनको खैरहनी नगरपालिकाले सामुदायिक कुकुर व्यवस्थापनको काम सुरु गरेको छ ।

त्यस्ता कुकुरका कारण सडक दुर्घटनादेखि अन्य विभिन्न समस्या निम्तिन थालेपछि सोमबारदेखि व्यवस्थापनको काम थालिएको हो ।

नगरपालिकाको नगर सभा मार्फत सामुदायिक कुकुर व्यवस्थापन कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम पारित गरेको थियो । सोही अनुसार नगर क्षेत्र भित्र रहेका सामुदायिक कुकुर व्यवस्थापनका लागि बन्ध्याकरण गर्ने अभियान सुरु गरिएको नगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक एवम् खैरहनी नगरपालिका–१ का वडाध्यक्ष भूमिप्रसाद कँडेंलले जानकारी दिए ।

सामुदायिक कुकुरको बढ्दो बिगबिगीले हैरानी खेप्नु पर्ने बाध्यता छ समिति संयोजक कँडेंलले भने, ‘नगरको यो प्रयासले कुकुरबाट खेप्नु पर्ने अनावश्यक हैरानी न्यूनीकरण हुन्छ । सामुदायिक कुकुरले बाख्रा ,कुखुरा खाने, मान्छे, गाईवस्तुलाईनै टोक्ने, सडक दुर्घटना जस्ता घटना भइरहेका छन् । ’

हिमालयन एनिमल रेस्क्यु ट्रष्ट नामक संस्थाको प्राविधिक सहयोगमा बन्ध्याकरणको काम भएको हो । पहिलो दिन वडा नम्वर १,२ र ४ का ३० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको नगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख इञ्जिनियर निर्मलबाबु अर्यालले बताए । उनका अनुसार भाले र पोथी दुवै कुकुरको बन्ध्याकरण गरिएको छ । हिमालयन एनिमल रेस्क्यु ट्रष्टका डाक्टरसहित प्राविधिक टोली स्वयम समुदायमा गई कुकुर समाएर बन्ध्याकरणमा खटिएका शाखा प्रमुख इञ्जिनियर अर्यालले जानकारी दिए । बन्ध्याकरणसंगै ती कुकुरहरुलाई रेविजको सुई समेत लगाइएको छ । कुकुर बन्ध्याकरणका लागि वडा मार्फत तथा सञ्चार माध्यम मार्फत सूचना प्रवाह गरिएको थियो । स्थानीयको माग अनुसार यो कार्यक्रमलाई थप गर्न सकिने नगरपालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>