Breaking News
चितवनमा थप आठ जना कोरोना संक्रमित थपिए, ३० देखि ३९ वर्षका बढी संक्रमित
०

चितवन, वैशाख ५-
चितवनमा आज थप आठ जना कोरोना संक्रमित थपिएका छन् ।
जनस्वास्थ्य कार्यालय चितवनका अनुसार थपिएका आठ जनामा भरतपुर महानगरपालिकाका ७ जना र रत्ननगरका १ जना हुन् ।
गत शुक्रबार १९ जनामा कोरोना संक्रमण देखिएको थियो । यो सँगै चितवनमा संक्रमितको संख्या सात हजार ५९ पुगेको छ भने ११४ जनाको मृत्यु भएको छ ।
जनस्वास्थ्य कार्यालय चितवनले गरेको अध्ययन अनुसार चितवनमा कोरोना निको भएर ९६.६ प्रतिशत घर गएका छन् भने १.६ प्रतिशतको मृत्यु भएको छ । कोरोनाको दर चैतमा बढेर वैशाखमा केही घटेको छ । त्यसैगरी चितवनमा ३० देखि ३९ वर्षका बढी संक्रमित भएका छन् । सबैभन्दा धेरै संक्रमित भरतपुर महानगरपालिकाको नै रहेको पाइएको छ भने सबै भन्दा कम संक्रमण इच्छाकामना गाउँपालिकामा देखिएको छ । मृत्यु हुनेमा ६१ देखि ८० वर्षका धेरै रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























