Breaking News

केपी ओलीको हारको ऋंखला कर्णालीबाट सुरु भयोः अध्यक्ष प्रचण्ड

Banner

चितवन, वैशाख ५–

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको हारको सुरुवात कर्णाली प्रदेशबाट भएको बताएका छन् ।

आज (आइतबार) चितवनको माडी नगरपालिका कार्यालयको नवनिर्मित भवनको समुद्घाटन गर्दै अध्यक्ष प्रचण्डले प्रदेशबाट सुरु भएको ओलीको हारको ऋंखला अब केन्द्रसम्म पुग्ने बताउनुभयो । ‘मैले संसद विघटनदेखि नै प्रधानमन्त्रीलाई हार्नुभयो भनेको थिए, हारको सुरुवात भएको छ’ प्रचण्डले भने ‘कर्णालीमा कसरी हार्नुभयो सबैले देखि हाले, अब गण्डकी, लुम्बिनीमा हार्देछन्, त्यो भन्दा पहिले संघमै हार्न सक्छन् ।’

अध्यक्ष दाहालले अलोकतान्त्रिक, स्वच्छेचारी सरकारको आयु सकिएको भन्दै अब छिट्टै नयाँ सरकार बनाएरै छोड्ने दावी गरे । नेपाली राजनीतिमा अहिले तुवालो लागेको भन्दै अब छिट्टै तुवालो फाटेर उज्यालो हुने बताए । आफ्नो निर्वाचन क्षेत्रमा भइरहेको विकास निर्माणलाई रोक्न प्रधानमन्त्री ओली लागि परेको आरोप लगाउँदै नयाँ सरकार गठन पश्चात सबै काम पुरा गर्दै लैजाने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>