चितवन विशेष

चितवनका पाँच साहित्यकारलाई कालीगण्डकी सम्मान

Banner

चितवन, वैशाख ४-

चितवनको कालीगण्डकी साहित्य परिषद्ले पाँच साहित्यकारलाई सम्मानित गरेको छ । लामो समय जिल्लामा बसेर क्रियाशिल साहित्यकारलाई परिषद्ले सम्मान गरेको हो ।

सम्मानित हुनेमा गोविन्दराज विनोदी, रामबाबु घिमिरे, क्रृषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’, धनराज गिरी, यमुना न्यौपाने अधिकारी रहनुभएको छ । सम्मान कार्यक्रमका प्रमुख अतिथि साहित्यकार केशवराज आमोदीले पाँच साहित्यकारलाई दोसल्ला र सम्मानपत्रसहित सम्मानित गर्नुभयो । कार्यक्रम दर्जन बढि स्रष्टाहरुले रचना बाचन गरेका थिए ।

२०६१ स्थापना भएको परिषदले विभिन्न साहित्यिक पुस्तकहरु प्रकाशन गर्दै आइरहेको संस्थाका उपसभापति रुविन पौडेल ‘सिर्जनयात्री’ले जानकारी दिनुभयो ।कार्यक्रममा साहित्यकार पुष्प अधिकारी अन्जली,लकास पौडेल,तिलकराज शर्मा लगायतको उपस्थिति रहेको थियो । परिषद्का अध्यक्ष गणेशशर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा परिषद्का उपाध्यक्ष रामलाल कुमालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>