चितवन विशेष

पत्रकार महासंघको नयाँ समितिलाई पद हस्तान्तरण

Banner

चितवन, वैशाख ३–

नेपाल पत्रकार महासंघ चितवनले नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरेको छ ।

आज (शुक्रबार) महासंघमा एक कार्यक्रमकाबीच नवनिर्वाचित अध्यक्ष नारायण अधिकारी नेतृत्वको टिमलाई पद हस्तान्तरण गरिएको हो । निर्वाचन समितिका संयोजक जनक अर्याल, सदस्यहरु गोविन्द सिग्देल र राजकुमार श्रेष्ठले अबिर, खादा र प्रमाण पत्र प्रदान गरेका थिए ।
कार्यक्रम पश्चात निवर्तमान अध्यक्ष राधेश्याम खतिवडाले वर्तमान अध्यक्ष नारायण अधिकारीलाई पद हस्तान्तरण गरेका थिए । गत चैत २५ गते भएको निर्वाचन नेपाल प्रेस युनियन नेतृत्वको गठबन्धनले जित हात पारेको थियो ।

अध्यक्षमा युनियन नेतृत्वको गठबन्धनका नारायण अधिकारी, उपाध्यक्षमा प्रकाशमणि ज्ञवाली, महिला उपाध्यक्षमा प्रमिता ढकाल, सचिवमा प्रेस चौतारी नेतृत्वको गठबन्धनका दीपेन्द्र अधिकारी, सह–सचिवमा आनन्द पोखरेल, समावेशी सह–सचिवमा युनियन गठबन्धनका उर्गेन तामाङ, कोषाध्यक्षमा राजेन्द्र आचार्य निर्वाचित भएका थिए ।

यस्तै सदस्यहरुमा तुलमान गुरुङ, सरिता चौधरी शाह (अपेक्षा), प्रिति पोख्रेल, शोभा पुडासैनी, विप्लव काफ्ले, सरिता पौडेल, अनिल भट्टराई, विवेक पोख्रेल, बबिलाल तामाङ, ज्ञानेन्द्र तामाङ, बसन्त शर्मा ढुंगाना र समिक्षा पुरी निर्वाचित भएका थिए ।

यसैगरि केन्द्रीय परिषद् सदस्यमा दीपक आचार्य, सुरेशचन्द्र अधिकारी, शान्ता अधिकारी, राजु चौधरी, सन्तकुमार चौधरी, शारदा पौडेल निर्वाचित भएका थिए ।

त्यस्तै प्रदेश परिषद् सदस्यमा अजिता अधिकारी, अनिता अर्याल, अमृता गूरुङ, अर्जुन अधिकारी, आशिष अधिकारी, केशव भट्टराई, दिपक पोख्रेल, प्रविण बराल, विचित्र पौडेल, सन्तोष देवकोटा, दिवा भट्टराई, विरबहादुर सिंजाली, हिरालाल गुरुङ, गोपाल परियार, मधुसुद दुवाडी र सविता दराई निर्वाचित भएका थिए । विजयी सबैलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>