चितवन विशेष

शान्ति इन्द्रेणी टोलको अध्यक्षमा पुनः ऋषि

Banner

चितवन, चैत ३०–

शान्ति इन्द्रेणी टोल विकास संस्था भरतपुर–१० को अध्यक्षमा पुनः रेशमराज थापा (ऋषि) चयन हुनु भएको छ ।

दोभान पुस्तकालयको सभाहलमा संस्थाको सोमबार भएको दोस्रो वार्षिक साधारण सभा तथा अधिवेशनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । यस्तै संस्थाको उपाध्यक्षमा शम्भुलाल पाख्रीन, सचिवमा विद्या कोईराला, सह–सचिवमा मधुकला ढकाल, कोषाध्यक्षमा लक्ष्मी रानाभाट र सह–कोषाध्यक्षमा सरस्वती कार्की चयन हुनु भएको छ ।

यसैगरी सदस्यहरुमा गंगा प्रसाद सापकोटा, विष्णु वाग्ले, मित्रलाल पौडेल, हिमालय न्यौपाने, श्रीजना आचार्य पौडेल, केशव पौडेल, अम्विका न्यौपाने, लक्ष्मी आचार्य, पूर्णकुमारी श्रेष्ठ चयन हुनु भएको छ ।

वार्षिक साधारणसभामा सचिव शम्भुलाल पाख्रीनले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष अस्मिता पौडेलले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा ८० वर्ष नाघेका वृद्ध मानबहादुर रायमाझी र देवी प्रसाद सुबेदी रहनु भएको छ ।

 

त्यसैगरि सडक, ढल निर्माण तथा मोज्याक टायल बिच्छ्याउने आयोजनाको संयोजकको भुमिका निभाउनेहरु चिरंजीवी सुवेदी, गणेश बहादुर गुरुङ र गंगा प्रसाद सापकोटालाई सम्मान गरिएको छ । त्यस्तै घर, आँगन, बाटो वरपर सरसफाई राखेबापत गणेश बहादुर गुरुङलाई सम्मान गरिएको छ ।

यसैगरि सोही कार्यक्रममा २०७६ सालको एसईईमा उत्कृष्ट अंकका साथ उत्तीर्ण विद्यार्थीहरु जिज्ञासा पौडेल, अनुरोध कडेंल, स्नेहा श्रेष्ठ, अंकिता रानाभाट, सुसीक्षा श्रेष्ठ, गरिमा वाग्ले र एशिन लिम्बुलाई प्रशंसा पत्रले सम्मान गरिएको छ ।

कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह प्रमुख अतिथि, चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटा विशिष्ट अतिथि रहनु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष रेसम राज थापा (ऋृषि)को अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>