चितवन विशेष
नेविसंघ वीरेन्द्र क्याम्पसको प्रशिक्षण, ३५ विद्यार्थी नेविसंघमा प्रवेश

चितवन, चैत २९–
नेपाल विद्यार्थी संघ (नेविसंघ) वीरेन्द्र बहुमुखी क्याम्पस इकाई समितिले आइतबार एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालले विद्यार्थीहरुलाई प्रशिक्षण दिए । उनले सो क्रममा बोल्दै नेविसंघ उर्जाशिल युवाहरुको समूह भएको भन्दै अझै सक्रिय भएर संगठन विस्तारमा लाग्न आग्रह गरे । नेविसंघले पञ्चायत कालदेखि नै देशका लागि लड्दै आएको भन्दै अहिले झनै नेविसंघको महत्व झल्किएको बताए ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले सबै खाले परिवर्तनमा नेविसंघले महत्वपूर्ण भूमिका निभाएको बताए । काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले ७५३ वटै इकाईमा नेविसंघ गठन हुने जानकारी दिए । नेविसंघका केन्द्रीय सभापति राजिव ढुंगानाले संगठन विस्तारमा लाग्न युवाहरुलाई आग्रह गरे ।
कार्यक्रममा नेविसंघ चितवनमा पूर्व अध्यक्ष सूर्यकान्त घिमिरे, काँग्रेस नवलपुरका सभापति बिष्णु लामिछाने, नेविसंघकी केन्द्रीय उपाध्यक्ष तुलसा पन्त, नेविसंघका महामन्त्रीद्धय दिपक भट्टराई र उर्मिला थपालिया, नेविसंघ चितवनका सभापति सूर्य ढकाललगायतले बोलेका थिए ।
कार्यक्रममा प्रदेश सभा सदस्य गीता वाग्ले, मिलनबाबु श्रेष्ठ, काँग्रेस चितवनका उपसभापति कैलाश कोइराला, सचिवद्धय उत्तम जोशी र राजिव न्यौपाने, सह सचिवद्धय सूर्य अर्याल र राजन कार्की, कोषाध्यक्ष शंकर कंडेल, प्रवक्ता निता ढकाल, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति राजु सिलवाल, ३ की सभापति सरिता केसी, महासमिति सदस्य प्रकाश अधिकारी, सुशिला उप्रेती र कमल आचार्यलगायतको उपस्थिती थियो।

नेविसंघ वीरेन्द्र बहुमुखी क्याम्पसका सभापति अनमोल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति कुमार जोशीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम वरिष्ठ उपाध्यक्ष रविन खतिवडाले समापन गरेका थिए । यस्तै सोही कार्यक्रममा ३५ जना युवाहरु नेविसंघमा प्रवेश गरेका थिए ।























