Breaking News

अपडेटः चितवनको राप्तीमा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु

Banner

चितवन, चैत २९–

चितवनको राप्ती नगरपालिका–११ चिउरीटार खोलामा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

उपचारको क्रममा पुरानो मेडिकल कलेजमा चार जना र भरतपुर अस्पतालमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले नारायणी अनलाइनलाई जानकारी दिए ।

ना १ च ६२८२ नम्बर ट्याक्टर दुर्घटना आज साँझ दुर्घटनामा परेको थियो । ट्याक्टरमा २२ जना भन्दा बढी सवार थिए । केही घाइतेहरुलाई अझै भरतपुर ल्याउने क्रम जारी रहेको प्रवक्ता थापाले जानकारी दिए ।

घाइते मध्ये केहीको अवस्था गम्भिर छ । राप्ती नगरपालिका–११ मा घर ढलान गरेर फर्किने क्रममा ट्याक्टर दुर्घटनामा परेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>