चितवन विशेष

गणितसम्बन्धी राष्ट्रिय हाजिरीजवाफ छनोट प्रतियोगितामा न्यु क्यापिटल कलेज पहिलो

Banner

चितवन, चैत २९-

गणित विषयबारे हुने राष्ट्रिय हाजिरीजवाफ छनोट प्रतियोगितामा चितवनको टाँडीमा रहेको न्यु क्यापिटल कलेज पहिलो भएको छ ।

गणित शिक्षा परिषद् चितवनको सहजीकरणमा शनिबार भएको छनोट प्रतियोगितामा भरतपुरकै एसोएस दोस्रो र वाल्मीकि शिक्षा सदन तेस्रो भएका छन् । छनोट प्रतियोगिताका विजयीहरु अर्काे हप्ता शनिबार हुने राष्ट्रिय हाजिरी जवाफ प्रतियोगितामा भाग लिन काठमाडौँ जाने गणित शिक्षा परिषद् चितवन शाखाले नारायणी अनलाइनलाई  जनाएको छ । प्रतियोगितामा चितवनका विभिन्न कलेजका कक्षा ११ र १२ मा विज्ञान समूहका १३ वटा समूहमा विद्यार्थीहरु सहभागी भएका थिए । एभरेष्ट इञ्जिनियरिङ कलेज काठमाडौँका सीईओ अरुणकुमार भण्डारीको अध्यक्षतामा भएको प्रतियोगितामा गणित शिक्षा परिषद् चितवनका उपाध्यक्ष बसन्तराज लामिछाने, वाल्मीकि शिक्षा सदनका प्राचार्य प्रदिप पौडेल र गणित शिक्षा परिषद् चितवनका सचिव गोविन्द पौडेलेको विशेष आतिथ्यता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>