Breaking News

विज्ञ भन्छन् : चितवनमा नयाँ कोरोनाको प्रजाति भेटिएको छैन, सतर्क बनौ, त्रसित् नबनौं

Banner

चितवन, चैत २९-

चितवनमा कोरोना संक्रमण दर चैतको अन्त्यसम्ममा केही बढ्दै गएको छ । तर, बेलायती प्रजातिको नयाँ कोरोना भने अहिलेसम्म भेटिएको छैन ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चैत २६ गते बिहीबार चितवनमा ६ जना कोरोना संक्रमित देखिएका थिए । २७ गते शुक्रबार पनि त्यो संख्या ४ जना थियो । कार्यालयका अनुसार गत वर्षको जेठबाट चितवनमा कोरोना संक्रमणको दर निरन्तर बढेर पुस, माघमा आइपुग्दा शुन्यमा झरेको थियो । अहिले फेरि चैतको अन्त्यबाट कोरोनाका नयाँ बिरामीहरु फाट्टफुट्टरुपमा देखिन थालेका छन् । नेपालमा युके प्रजातिको नयाँ कोरोना भाइरस देखियो भने पनि चितवनमा भने अहिलेसम्म भेटिएको छैन ।

भरतपुर अस्पतालका कोभिड क्लिनिकल टिम कोअर्डिनेटर प्रमोद पौडेलले भने, ‘अहिलेसम्म युके प्रजातिको नयाँ कोरोना चितवनमा भेटिएको छैन । केही नमुनाहरु परीक्षणको लागि पठाएका छौं ।’ उनले चैतको अन्त्यतिर आएपछि अस्पतालको आईसीयूमा नौं जनाजति कोरोना संक्रमित थपिएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ सतर्क भने बन्नुपर्छ, त्रसिद् भने बन्नु हुँदैन ।’ डाक्टर पौडेलले नयाँ प्रजातिको कोरोनामा संक्रामक दर उच्च रहेको बताए । यो प्रजातिले एकपटक धेरै जनामा कोरोना फैलाउन सक्ने भएकोले सतर्क भने बन्नुपर्ने विचार राखे । उनले भने, ‘चितवनमा युवाहरुमा कोरोनाको संक्रमण बढी छ । धेरै हिडडुल र बाहिरी व्यक्तिहरुसँग सम्पर्कमा जाने भएकोले यस्तो भएको हो । मृत्युदर भने वृद्धवृद्धाहरुको बढी छ ।’ उनले यस वर्ष पनि गत वर्ष जस्तै जेठमा संक्रमण दर उच्च हुनसक्ने नारायणी अनलाइनलाई बताए ।

त्यसैगरी जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले फागुन पछि केही केस चितवनका बढेको बताए । उनले भने, ‘ अझ बढ्न सक्ने भएकोले सतर्क रहनुपर्छ । काठमाडौँमा नयाँ प्रजातिको कोरोना भेटियो भनेर स्वास्थ्य मन्त्रालयले सतर्क पनि गराएको छ ।’
जनस्वास्थ्य कार्यालयका अनुसार चितवनमा अहिलेसम्म कोरोनाबाट जम्मा ६ हजार ९७२ जना संक्रमित भएका छन् । जसमध्ये १११ जनाले ज्यान गुमाइसकेका छन् । चितवनमा ९७.७ प्रतिशत निको भएका छन् भने १.६ प्रतिशतको मृत्यु भएको छ । संक्रमित मध्ये ०.७ प्रतिशत आइसोलेसनमा छन् । जम्मा संक्रमित मध्ये चार हजार ११३ जना पुरुष रहेका छन् भने दुई हजार ८४६ जना महिला रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>