चितवन विशेष

सप्तगण्डकी क्याम्पसमा नयाँ विद्यार्थीको स्वागतमा सांस्कृतिक कार्यक्रम

Banner

चितवन, चैत २८

सप्तगण्डकी बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थीहरुको स्वागतमा विशेष सांस्कृतिक कार्यक्रम भएको छ ।

कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ का विद्यार्थीहरुको स्वागतमा विशेष सांस्कृतिक कार्यक्रम राखेका हुन् । सुष्मा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले गीतसंगीत, नृत्य र हास्य गरी १६ वटा प्रस्तुति दिएका थिए ।
कार्यक्रममा क्याम्पसका क्याम्पस प्रमुख मणिराज महतो, सहायक क्याम्पस प्रमुख खिमलाल दाहाल र कक्षा ११ तथा १२ का कार्यक्रम संयोजक सागर अधिकारीले कक्षा ११ का विद्यार्थीलाई खादा तथा अबिरले स्वागत गरेका थिए ।

कक्षा १२ आमसञ्चारका विद्यार्थी मिलन न्यौपानेको संयोजनमा भएको कार्यक्रममा क्याम्पसका क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, कर्मचारी संघ र विद्यार्थी संगठनका नेताहरुले मन्तव्य राखेका थिए । सांस्कृतिक कार्यक्रमलाई कक्षा १२ आमसञ्चारका दुई विद्यार्थी विकास खड्का  र रिता काफ्ले सञ्चालन गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>