चितवन विशेष

भरतपुरको गंगानगर माविमा अक्षयकोष स्थापना

Banner

चितवन, चैत २८-

भरतपुर महानगरपालिका–१३ निवासी स्वर्गीय टिकाराम आचार्यको स्मृतिमा गंगानगर माविमा अक्षयकोष स्थापना गरिएको छ ।

२०७६ साल चैत ८ गते त्रयोदशी तिथिका दिन स्वर्गारोहण भएका आचार्यको स्मृतिमा शुक्रबार श्री माध्यमिक विद्यालय गंगानगरमा अक्षयकोष स्थापना गरिएको हो ।

मृत आत्माको शान्तिको कामना गर्दै वार्षिक पुण्यतिथिको अवसरमा शुक्रबार परिवारका तर्फबाट ५० हजार १५१ रुपैयाँको अक्षयकोष स्थापना गरिएको स्वर्गीय आचार्यका ज्वाई सुदिप भट्टले जानकारी दिए । आचार्य परिवारले एक औपचारिक कार्यक्रमका बीच उक्त अक्षयकोषको रकम विद्यालयका अध्यक्ष सुदिप सुवेदीलाई हस्तान्तरण गरेका हुन् । उक्त अक्षयकोषले माद्यमिक विद्यालय गंगानगरको शैक्षिक विकासमा योगदान गर्ने आचार्य परिवारले विश्वास लिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदीले उक्त अक्षयकोष विद्यालयमा अध्ययनरत गरिब, जेहन्दार विद्यार्थीको शैक्षिक गुणस्तर विकासमा खर्च गरिने जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>