Breaking News
एपिएफले जित्यो ललितपुर मेयर वमेन्स च्याम्पियनसीप क्रिकेटको उपाधि

काठमाडौं, चैत २८–
पहिलो संस्करणको लतिपुर मेयर वमेन्स च्याम्पियनसीपको क्रिकेटको उपाधि शसस्त्र प्रहरी बलको एपिएफ क्लवले जितेको छ ।
आज टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदुरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित एपिएफले उपाधि माथि कब्जा जमाएको हो ।
सुदुरपश्चिम प्रदेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको एपिएफले १६.२ ओभरमा २ विकेट गुमाएर १०९ रन जोड्दै जित हासिल गरेको हो । एपिएफका लागि ज्योतिले ३६, सिता राना मगरले २७, इन्दु बर्माले नटआउट १९ र ममता चौधरीले नटआउट १५ रन बनाइन् । एपिएफका दुवै खेलाडी रनआउट हुन पुगेका थिए ।
यसअघि पहिले व्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०६ रन जोडेको थियो । उसका लागि विन्दुले सर्वाधिक अविजित ४४ रन, डल्ली भट्टले १४ रन बनाइन् । एपिएफका लागि सीता, बिनु, करुणा र रेखाले समान एक–एक विकेट लिए ।
प्रतियोगितामा एपिएफ अपराजित रहँदै फाइनल पुगेको थियो ।

























