चितवन विशेष

भरतपुर गुर्खाज र नारायणगढ लियोले बाड्यो शैक्षिक र खेलकुद सामग्री

Banner

चितवन, चैत २७–

चितवन प्रिमियर लिग (सिपिएल)को फ्रेन्चाईज टिम भरतपुर गुर्खाज र लियो क्लव अफ नारायणगढले भरतपुर–१५, स्थित श्री बसुन्धरा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ ।

शुक्रबार एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई शैक्षिक र खेलकुद सामग्री वितरण गरिएको हो । भरतपुर गुर्खाजका ओनर सबल पिया र लियो क्लव अफ नारायणगढका अध्यक्ष गणेश जिसिले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम प्रकाश पौडेल र विद्यालयकी प्रधानाध्यापक अनिता अधिकारीलाई सो सामग्री हस्तान्तरण गरे । शैक्षिक सामग्री अन्तरगत कपी, पेन्सिललगायतका सामग्री हस्तान्तरण गरिएको थियो भने क्रिकेट ब्याट बल, फुटबल, व्याडमिन्टनलगायतका सामग्री प्रदान गरिएको थियो ।

खेलकुद र शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरु खुशी भएका थिए । सो क्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पौडेलले लियो र भरतपुर गुर्खाजले गरेको सहयोगले विद्यार्थीहरुलाई पढ्नमा थप हौसला मिलेको बताए । विद्यालयकी प्रधानाध्यापक अधिकारीले महानगरभित्रकै विपन्न विद्यार्थी अध्ययन गर्ने यस विद्यालयमा अझै सहयोगको खाँचो रहेको भन्दै आगामि दिनमा अझै सहयोगको अपेक्षा गरे ।

कार्यक्रममा लियो क्लव अफ नारायणगढका पूर्व अध्यक्ष लियो राजु चौधरी, भरतपुर गुर्खाजका ओनर एवंम लियो क्लव नारायणगढका पूर्व अध्यक्ष सबल पियाले विद्यार्थीलाई अध्ययनका लागि कुनै समस्या नपरोस् भन्नका लागि शैक्षिक र खेलकुद सामग्री सहयोग गरिएको बताए ।

कार्यक्रममा लियो देवले लियो प्लेज र राष्ट्रिय ध्वजाको अभिवादन लियो इन्जिनियर बासुदेव साहले बाचन गरेका थिए । लियो क्लव अफ नारायणगढका प्रथम उपाध्यक्ष लियो मोहन तिवारीले संचालन गरेको कार्यक्रममा भरतपुर गुर्खाजका क्याप्टेन संघर्ष पौडेल, भरतपुर गुर्खाजका खेलाडी क्रिजन गुरुङ, विद्यालयका शिक्षक/शिक्षिका, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम लियो क्लव अफ नारायणगढका अध्यक्ष गणेश जिसिको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>