चितवन विशेष

रत्ननगरमा स्वास्थ्य शिक्षा संघको अधिवेशन

Banner

चितवन, चैत २७–

नेपाल स्वास्थ्य शिक्षा संघको वार्षिक साधारण सभा, अधिवेशन तथा गोष्ठी चितवनको रत्ननगरमा हुँदैछ । संघको १३ औं वार्षिक साधारण सभा तथा अधिवेशन रत्ननगरमा चैत २८ र २९ गते हुन लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

संघका केन्द्रिय सदस्य दिपक श्रेष्ठका अनुसार पहिलो दिन आयोजित गोष्ठीमा विभिन्न ६ वटा तथा दोश्रो दिन ३ वटा स्वास्थ्यसंग सम्बन्धित कार्यपत्रहरु पेश हुनेछन् । डाक्टर भोजराज अधिकारीसहित, डाक्टर भगवान अर्याल, डाक्टर कमल आचार्य, प्राध्यापक डाक्टर योगेन्द्र प्रधानाङ्ग, गोविन्द देवकोटा, यदुराम उप्रेती, सुधा घिमिरे, सुशिल शर्मा र शान्ती प्रसाद खनालले कार्यपत्र पेश गर्ने कार्यक्रम रहेको श्रेष्ठले बताए । २९ गते सकिने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तालिका रहेको छ ।

सातै प्रदेशबाट झण्डै १५० जना प्रतिनिधी तथा पर्यवेक्षक कार्यक्रममा सहभागी हुने शहिद स्मृती बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख कुसुम सुवेदीले बताए । शनिबार आयोजित गोष्ठीको प्रमुख अतिथीको रुपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर तीर्थ खनियाँ आउनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>