Breaking News

माओवादी केन्द्रले गर्‍यो गृहमन्त्री बादललाई पनि कारबाही

Banner

काठमाडौं, चैत २७ –

नेकपा (माओवादी केन्द्र)ले पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई कारबाही गरेको छ।

थापाले दल त्याग गरेको पत्र माओवादी केन्द्रका राष्ट्रिय सभा दलका नेता दिनानाथ शर्माले संघीय संसद सचिवालयलाई बुझाएका छन् । नेकपा एमाले प्रवेश गरेका बादलले माओवादी केन्द्र दल परित्याग गरेको सूचना संसद सचिवालयमा पठाएको माओवादी केन्द्र, राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले बताए ।

त्यस्तै माओवादी केन्द्रले एमालेमा गएका राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्कालाई पनि कारबाही प्रक्रिया अगाडि बढाएको छ । उनलाई कारबाहीका लागि २४ घण्टे स्पष्टीकरण सोधिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>