अर्थ

शुक्रबार पनि सुनचाँदीको मुल्य उकालो लाग्यो,प्रतितोला के कतिमा भइरहेको छ त कारोबार ?

Banner

एजेन्सी,चैत २७-

नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मुल्य उकालो लागेको छ ।

पछिल्लो केही दिन यता लगातार उकालो लागेको सुनको मुल्य शुक्रबार पनि तोलामा ९०० रुपैंयाले बढेर प्रतितोला ८९ हजार ९०० मा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

हिजो नेपाली बजारमा सुनको मुल्य प्रतितोला ८९ हजार रहेको थियो । यस्तै, चाँदीको मुल्य पनि तोलामा २० रुपैयाले बढेर प्रतितोला १२ सय ८० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १२ सय ६० रुपैंया रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>