Uncategorized

बागमती प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्दै

Banner

चितवन,चैत २४-

बागमती प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। प्रदेशसभा बैठक बस्नुअघि चैत २४ गते ११ बजेका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र उक्त बैठकले राष्ट्रिय सरोकारका विषयमा जानकारी दिइने संसद सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएपछि प्रदेशसभा बैठक अनिश्चित बनेको थियो । अविश्वास प्रस्ताव पेश गरेपछि बैठक सहजरुपमा बस्न सकेको थिएन । बैठकको मिति तोकिए पनि पटक–पटक सूचना टाँसेर स्थगित हुँदै आएको थियो ।

 सर्वोच्चको २३ फागुनको फैसलाले एमाले र माओवादी केन्द्रबीचको एकता अस्वीकार गरेपछि दुबै दल अलग–अलग रुपमा क्रियाशील भएका थिए भने एमाले संसदीय दलको निर्देशनमा एमाले सांसदहरुले अविश्वास प्रस्तावबाट नाम फिर्ता लिइसकेका छन्। सांसदहरुले अविश्वासको प्रस्ताव फिर्ता लिएपछि एमालेसँगै बहुमत छ। मुख्यमन्त्रीको पद सुरक्षित भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>