Breaking News
वायु प्रदूषणले भरतपुरको सबै हवाइ उडान अवरुद्ध, हवाइ यात्रु मर्कामा
०

चितवन, चैत २३-
वायु प्रदूषणको प्रतिकूल मौसमका कारण आज चितवनको हवाइ उडान प्रभावित भएको छ ।
वायुमण्डलमा ‘भिजिबिलिटी’ कम हुँदा भरतपुर विमान स्थलबाट काठमाडौँ र पोखरातर्फ हुने उडान प्रभावित भए । आज पनि कतिपय गन्तव्यको उडान सञ्चालनमा कठिनाइ भएको विमानस्थल स्रोतले जनाएको छ । भरतपुरमा बुद्ध एयरको आठ र यती एयरको चार उडान हुँदै आइरहेको थियो ।
भरतपुर विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले आज भरतपुरबाट काठमाडौँ र पोखरामा हुने सबै उडान अवरुद्ध भएको बताए यस अघि पनि वायुप्रदूषणकै कारणले पाँच दिनसम्म उडान अवरुद्ध भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























