चितवन विशेष

मिडिया नेपालका केन्द्रीय सदस्य राजेन्द्र कार्कीले दिए राजीनामा

Banner

चितवन, चैत २२–

सङ्गठनको काममा पार्टीले हस्तक्षेप गरेको भन्दै मिडिया नेपालका केन्द्रीय सदस्य राजेन्द्र कार्कीले राजीनामा दिएका छन् । कार्कीले आज (आइतबार) मिडिया नेपालका केन्द्रीय अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।

चैत २५ मा हुने नेपाल पत्रकार महासंघको निर्वाचनका क्रममा पत्रकार महासंघमा पठाउने पत्रकारको विषयको आफूसँग कुनै सल्लाह नगरी पार्टीले हस्तक्षेप गरेको भन्दै उनले राजीनामा दिएका हुन् । ‘केन्द्रीय सदस्यको रुपमा काम गर्दै आएको भए पनि पछिल्लो गतिविधिका कारण सो पदमा रहेर काम गर्न नसक्ने व्यहोरा सहित राजीननमा पत्र पेश गरेको जानकारी गराउन चाहान्छु’ कार्कीद्वारा जारी राजीनामा पत्रमा भनिएको छ । आफू जिम्मेवारीमा रहेको समयमा जिल्लामा भएका निर्णयहरु बैठक नै नबसी व्यक्तिगत रुपमा गरिएको समेत कार्कीले बताउनुभएको छ ।

चितवनमा निरन्तर पत्रकारिता गरिरहेका कार्की हालै मिडिया नेपालको केन्द्रीय सदस्यमा चयन भएका थिए । उनी यसअघि जिल्ला उपाध्यक्षको रुपमा जिम्मेवारी सम्हालेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>