Breaking News

चितवन निकुञ्जमा गैंडा गणनामा खटिएको टोलीमाथि जंगली हात्तीको आक्रमण, गम्भिर घाइतेलाई हेलिकप्टरमार्फट काठमाडौं लगियो

०
Banner

चितवन, चैत २०–

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा गणनाका लागि खटिएको टोली माथि जंगली हात्तीले आक्रमण गरेको छ । आक्रमणमा पाँच जना कर्मचारी घाइते भएका छन । निकुञ्जको पश्चिम क्षेत्र अमलटारी सेक्टरमा गैंडा गणनामा खटिएको टोलीमाथि आज (शुक्रबार) दिउँसो ध्रुवे नामको जंगली हात्तीले आक्रमण गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।

हात्तीको आक्रमणबाट राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत विनोद श्रेष्ठ गम्भीर घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि आजै साँझ ५ बजेतिर हेलिकप्टर मार्फत काठमाडौं पठाइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले जानकारी दिनुभयो । उहाँका अनुसार गैंडाको गणनाका लागि शुक्रबार निकुञ्जको टोली पश्चिम सेक्टरको गैंडाखासा भन्ने ठाउँमा पुगेको थियो ।

‘जंगली हात्तीले टोलीलाई लखेट्न थालेछ, भागाभाग हुँदा पाँच जना कर्मचारी घाइते हुनुभएको छ’, बरालले भन्नुभयो । उहाँका अनुसार चार जनालाई सामान्य चोट लागेको छ । चितवन राष्ट्रिय निकुञ्जमा चैत ९ गतेबाट एक सिंगे गैंडाको गणना सुरू गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>