अर्थ

नारायणी किनारमा खुल्यो ‘बिर्‍यानी मोमेन्ट्स’, २४ सै घण्टा होमडेलिभरी गरिने

Banner

चितवन, चैत २०
नारायणगढको नारायणी किनारमा ‘बिर्‍यानी मोमेन्ट्स’ नामक रेष्टुरेण्ट सञ्चालनमा आएको छ । ४ जना युवा व्यवसायीहरुको सामुहिक लगानीमा चेन रेष्टुरेन्टको रुपमा फ्युचर फुड्स प्रा.लि.ले रेष्टुरण्ट सञ्चालनमा ल्याएको आज पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

काठमाडौंको कुपनडोलमा मुख्य कार्यालय रहेको यो रेष्टुरेण्ट चेन शाखा विस्तार गर्ने लक्ष्यसहित पहिलो शाखा चितवनमा खोलिएको बिर्‍यानी मोमेन्ट्सका अध्यक्ष कल्याण अधिकारीले जानकारी दिए । नारायणी नदी किनार नजिक जेसिस भवन अगाडि रहेको उक्त ‘बिर्‍यानी मोमेन्ट्स’ ले २४ घण्टा होमडेलिभरि सेवा दिने उनले बताए ।

विशेष गरी बिर्‍यानी मोमेन्टसमा मटन, चिकेन, एग, भेज बिर्‍यानीसहित कबाव, मटन गोल्डेन, रोयल लण्डन, प्रदा बिर्‍यानी मुख्य परिकार रहेको सञ्चालक अधिकारीले जनाए । बिर्‍यानी मोमेन्ट्सले २० प्रकारका बिर्‍यानीहरु ४ वटा ऋृययिचमा प्रदान गर्ने उनको भनाइ छ । बिर्‍यानी मोमेन्ट्सले ३५ जनालाई रोजगारी दिन पनि सफल भएको उनले बताए ।

यस्तै बिर्‍यानी मोमेन्ट्समा बिर्‍यानीको अलवा नेपाली स्पेशल परिकारसहित इन्डियन, मुघल, चाइनिज र स्थानीय विभिन्न परिकारहरु समेत प्रदान गर्ने अधिकारीले बताए ।

रेष्टुरेण्ट सुभारम्भको अवसरमा यही शुक्रबार र शनिबार नेपाल तारा विजेता गायक दिपक लिम्बुले सांगितिक प्रस्तुती समेत दिने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>