Breaking News

प्रमुखहरुको सेटिङले जनताको अधिकार,पहिचानविरुद्ध परिलक्षित हुने : प्रचण्ड

Banner

काठमाडौं, चैत २० –

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकायका प्रमुखहरुका सेटिङले नेपाली जनताको अधिकार, पहिचानविरुद्ध परिलक्षित हुने बताएका छन् ।

उनले संवैधानिक निकायका प्रमुखहरु नै सेटिङमा चलेको आरोप समेत लगाएका छन् ।

प्रचण्डले स्वर्गीय माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभामा बोल्दै संसद पुनर्स्थास्पना भएपनि प्रतिगमनकारी षड्यन्त्रको अन्त्य नभएको बताएका हुन् । उनले भने, ‘देशभित्र र बाहिरका विभिन्न संवैधानिक निकायका प्रमुखहरुको बीचमा सेटिङ हुने। त्यो सेटिङ नेपाली जनताको अधिकार, पहिचानविरुद्ध परिलक्षित हुने विचित्रको स्थितिमा छौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>