विजनेश
सुनको मूल्य बढ्यो, तोलामा के कतिले कारोबार भई रहेको छ त ?
०

चितवन,चैत २०-
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो ।
बिहीबार प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार ४०० रुपैंयामा कारोबार भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य आज प्रतितोला ८६ हजार ९५० रुपैयाँ रहेको छ ।
यस्तै, चाँदीको मुल्य पनि तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























