अन्तर्राष्ट्रिय

भारतमा २४ घण्टामा ८१ हजार भन्दा बढी कोरोन संक्रमण,४७० जनाको मृत्यु

Banner

एजेन्सी ,चैत २० –

भारतमा पछिल्लो २४ घण्टामा ८१ हजार ४६६ जनामा कोरोन संक्रमण पुष्टि भएको छ।
बुधवार ७२ हजार जनामा संक्रमण देखिएको थियो। यससँगै भारतमा कूल संक्रमितको संख्या १ करोड २३ लाख ३ हजार १३१ पुगेको छ। सक्रिय संक्रमितको संख्या ६ लाख १४ हजार ६९६ पुगेको छ।

आज थप ४७० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म भारतमा १ लाख ६३ हजार ३९६ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा ५० हजार ३५६ जना संक्रमित संक्रमण मुक्त भए। संक्रमण बढ्दै जाँदा केन्द्र र राज्य सरकारहरुले सतर्कता अपनाउन आग्रह गरेका छन्। केही स्थानमा लकडाउन लागू गरिएको छ। भारतमा बिहीबारबाट ४५ वर्षभन्दा माथि उमेर समूहलाई भ्याक्सिन दिन सुरु गरिएको छ। भ्याक्सिन दिने क्रम बढेपनि संक्रमितको संख्या बढ्दै गएसँगै स्वास्थ्य प्रोटोकल पालना गर्न आग्रह गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>