Breaking News
ओलीले घनश्याम र सुरेन्द्रमाथि गरेको कारबाही भद्दा मजाक :योगेश भट्टराई

काठमाडौं, चैत १९ –
पुर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गर्ने निर्णय भद्दा मजाक गरेको बताएका छन् ।
भट्टराईले सामाजिक संजालमार्फत यसो भनेका हुन् । उनले लेखेका छन्, ‘ॠषिमुनी र वुद्धको ज्ञान भूमी अनि मार्क्सवादको उर्वर भूमी नेपालमा आजकाल स् विद्वान, ईमान्दार र नैतिकवनहरुमाथि कारबाही हुन्छ । मुर्ख, भ्रस्ट र अनैतिकहरु पुरस्कृत हुन्छन । कमरेड घनश्याम र सुरेन्द्रजी माथि त्यस्तै भद्धा मजाक गरिएको छ ।’
ॠषिमुनी र वुद्धको ज्ञान भूमी अनि मार्क्सवादको उर्वर भूमी नेपालमा आजकाल : विद्वान, ईमान्दार र नैतिकवनहरुमाथि कार्वाही हुन्छ । मुर्ख, भ्रस्ट र अनैतिकहरु पुरस्क्रित हुन्छन ।
कमरेड धनश्याम र सुरेन्द्रजी माथि त्यस्तै भद्धा मजाक गरिएको छ ।— Yogesh Bhattarai (@yogesbhattarai) April 1, 2021


























