Breaking News
प्रचण्डको पुनरावलोकन निवेदन प्रधानन्यायाधीशको बेन्चमा, के फेरि बन्ला नेकपा ?
०

काठमाडौं । एमाले–माओवादी साबिककै अवस्थामा फर्काउने सर्वोच्च अदालतको फागुन २३ को फैसला पुनरावलोकनका लागि माओवादी अध्यक्ष प्रचण्डले दायर गरेको निवेदन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नै इजलासमा राखेर हेर्ने भएका छन् ।
प्रधानन्यायाधीश सहितको सो बेन्चमा न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना छन् ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसला गरेपछि गत मंगलबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनरावलोकनको निवेदन दिएका थिए ।
पुनरावलोकन निवेदनलाई निस्सा दिने कि नदिने भन्ने निर्णय अब राणा सहित केसी र ढुंगानाको पूर्ण इजलासले गर्नेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























