चितवन विशेष

लायन्स क्लव अफ चितवन सौराहाको अध्यक्षमा चौधरी

Banner

चितवन, चैत १३–

लायन्स क्लव अफ चितवन सौराहाको अध्यक्षमा विक्रम चौधरी चयन भएका छन् ।

क्लवको १४औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट वर्ष २०२१/२२ का लागि चौधरी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । यस्तै क्लवको प्रथम उपाध्यक्षमा सुमन घिमिरे, द्धितिय उपाध्यक्षमा माला दाहाल, तृतीय उपाध्यक्षमा ऋृषि तिवारी चयन भएका छन् । यसैगरि सचिवमा देवकला भट्टराई, कोषाध्यक्षमा रञ्जन भण्डारी, सहकोषाध्यक्षमा अम्बिका भट्ट, मेम्बरसिप ग्रोथ चियरपर्सनमा सुशीला चौधरी चयन भएका छन् ।

त्यसैगरि क्लवको निर्देशकहरुमा शरद कुमार पाण्डे, देव हरि नेपाल, मञ्जु महतो र राजेन्द्र भन्डारी चयन भएको क्लवका वर्ष २०२०÷२१ का अध्यक्ष अञ्जन कुमार पाण्डेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>