कर्पोरेट

एनएमबि बैंकले ल्यायो अन्तर्राष्ट्रिय प्रिपेड कार्ड

Banner

काठमाडौं, चैत १२–

अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धि नेपाल राष्ट्र बैंकले ल्याएको प्रतिपत्र कार्यान्वयन गर्नेमा एनएमबि पहिलो बैंक भएको छ ।

सो प्रावधान अनुरुप अब एकै पटक वा पटक–पटक गरी वार्षिक युएस डलर ५०० सम्म वा सो बराबर अन्य परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड मार्फत अनलाइन कारोवार गर्न सकिने बैंकले जनाइएको छ ।

एनएमबि बैंकमा आफ्नो प्यान कार्ड र नागरिकतासहित खाता खोली विदेशबाट पाइने सुविधाहरु पाउन सकिने छ । अनलाइन प्रवाह हुने सेवाहरु (भारतमा बाहेक) नेटफ्लिक्स, सपिङ्ग, शिक्षा लगायत आफ्नै कार्ड प्रयोग गरी सामाजिक सञ्जाल मार्फत आफ्नो व्यवसायलाई आफैले भुक्तान गरी तत्कालै प्रवद्र्धन गर्न सकिने बैंकले जानकारी दिएको छ ।

बैंकको देशभरीका १८० शाखाहरुमा यो योजना सञ्चालनमा आएको छ । जुनसुकै शाखाबाट यो सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>