चितवन विशेष

चितवनमा पहिलोपटक भेटियो ‘लामपुच्छ्रे चाँचर’ चरा

Banner

चितवन, चैत १०–

चितवनमा फेरि नयाँ प्रजातीको चला भेटिएको छ ।

विभिन्न नयाँ नयाँ प्रजातीका चरा भेटिदै आएको चितवनमा पहिलोपटक ‘लामपुच्छ्रे चाँचर’ भेटिएको छ। रारा, मकालु वरुण, लाङटाङ राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण र कञ्चनजंगा संरक्षण क्षेत्रमा भेटिने ‘लामपुच्छ्रे चाँचर’ चितवनमा पनि देखिन थालेको हो। वर्ड एजुकेसन सोसाइटी सौराहाका अध्यक्ष रमेश चौधरीले आगन्तुककारूपमा शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा पनि रेकर्ड भएको लामपुच्छ्रे चाँचर चितवन राष्ट्रिय निकुञ्जमा भने पहिलो पटक भेटिएको जानकारी दिए ।

सोसाइटीका आजीवन सदस्य मिलन तामाङ र सोम तामाङले निकुञ्जको नदीतटीय क्षेत्रमा यो चरा फेला पारेका थिए। यो चरा भेटिएसँगै चितवनमा भेटिने चराको प्रजाति संख्या ६५७ पुगेको चौधरीले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>