चितवन विशेष

नारायणगढ लायन्सको अध्यक्षमा जयराम श्रेष्ठ

Banner

चितवन, चैत ९–

नारायणगढ लायन्स क्लव वर्ष २०२१/०२२ को अध्यक्षमा जयराम श्रेष्ठ ‘भैरव’ चयन भएका छन् ।

सोमबार भएको अधिवेशनले सर्वसम्मत रुपमा श्रेष्ठ अध्यक्षमा चयन भएका हुन् । यस्तै क्लवको प्रथम उपाध्यक्षमा मंजीलबाबु मास्के, द्धितीय उपाध्यक्षमा प्रभात कुमार जोशी, तृतीय उपाध्यक्षमा प्रेम कुमार श्रेष्ठ चयन भएका छन् । त्यस्तै सचिवमा सुरेश कुमार श्रेष्ठ, कोषाध्यक्षमा प्रशान्त कुमार पिया चयन भएको निवर्तमान अध्यक्ष केशव प्रसाद अधिकारीले जानकारी दिए ।

यस्तै क्लवको एमसिपीमा शान्त कुमार पिया, एलसिआइएफ कोअर्डिनेटरमा वामदेव खनाल, सर्भिस चियरपर्सन सनद कुमार पिया, मार्केटिङ चियरपर्सन हमेन्तध्वज जोशी चयन भएका छन् । यसैगरि क्लको पिआरओमा निरज कुमार श्रेष्ठ, टेमरमा जीवन कुमार गुप्ता, टेलट्वीस्टरमा महेन्द्र श्रेष्ठ चयन छन् ।

क्लवले चार जनालाई निर्देशकमा चयन गरेको छ । जसअन्तरगत एक वर्ष कार्यकालका लागि रामहरि श्रेष्ठ, राजु पिया, दुई वर्ष कार्यकालका लागि उद्योग कुमार पिया र विवश पिया रहेका छन् ।

नयाँ समितिको कार्यकाल आउने जुलाई महिनादेखि सुरु हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>