Breaking News

भरतपुरमा कुखुराको दाना बोक्ने ट्रकले ठक्कर दिँदा एक युवतीको मृत्यु

Banner

चितवन, चैत ६–

चितवनमा कुखुराको दाना बोक्ने ट्रकले ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।

आज (शुक्रबार) दिउँसो १ः५० बजेको समयमा भरतपुर महानगरपालिका–१२ केन्द्रिय बस टर्मिनल नजिकै नारायणगढबाट गोन्द्राङ तर्फ जांदै गरेको बागमती प्रदेश ०३००१क ०१९७ नम्बरको ट्रकले सोही दिशा तर्फ गई रहेको ना ४८ प ८७३१ नम्बरको स्कुटरलाई पछाडी बाट ठक्कर दिएको थियो ।

ठक्करबाट नवलपुर गैंडाकोट नगरपालिका–१ बस्ने २१ वर्षीया रिता शर्मा चालिसे गम्भिर घाईते भएकी थिइन् । उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारको क्रममा उनको दिउँसो २ः०२ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>