एजेन्सी / विदेशी

भारतमा एकै दिन ३९ हजार जना भन्दा बढीमा कोरोना संक्रमण

Banner

काठमाडौं,६चैत-

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा फेरि वृद्धि हुन थालेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ३९ हजार ७२६ जना संक्रमित भएको छ र १५४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणको कारण जम्मा मृतकको संख्या एक लाख ५९ हजार ३७० पुगेको शुक्रवार जनाएको छ ।

गत बुधवार एक दिनमा ३६ हजार जना संक्रमित भएका थिए भने हिजो बिहीवार ३९ हजार ७२६ पुगेको छ । गत २४ घण्टाको कोरोना संक्रमितको यो संख्या यस वर्ष शुरु भएयताको नै सब भन्दा बढी हो ।

भारतमा अहिलेसम्म कूल संक्रमितको संख्या एक करोड १५ लाख १४ हजार ३३१ पुगेको सो मन्त्रालयले जनाएको छ । कूल संक्रमितमध्ये दुई लाख ७१ हजार २८२ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड १० लाख ८३ हजार ६७९ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ । परिषद्का अनुसार मंगलवारसम्म भारतमा २३ करोड भन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>