अर्थ
आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार
०

काठमाडौँ,६ चैत्र–
आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो तोलामा तीन सय रुपैयाँले बढेको सुनको भाउ आज भने पाँच सय रुपैयाँले घटेको हो ।
आज तोलामा सुनको ८६ हजार ७ सय रुपैयाँ तोकिएको छ । हिजो सुनको भाउ तोलामा ८७ हजार दुई सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको १२ सय ९० रुपैयाँ रहेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























