मकवानपुर

मुख्यमन्त्री पौडेलद्वारा दुग्ध पाउडर उत्पादन गर्ने प्लान्टको अनुगमन

Banner

हेटौंडा,चैत ५-

वाग्मती प्रदेशको राजधानी हेटौँडामा निर्माणाधीन दुग्ध पाउडर उत्पादन गर्ने प्लान्ट र सोको भवन निर्माणको कामबारे आज वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले निरीक्षण तथा अवलोकन गर्नुभएको छ ।

प्रदेश सरकारको रु ४१ करोड २२ लाख ७१ हजार अनुदान रकमबाट हेटौँडा उपमहानगरपालिका–१० न्युरेनीमा पाउडर प्लान्ट र सोको व्यवस्थापनका लागि आवश्यक भवन निमार्ण कार्यको उहाँले अवलोकन गर्नुभएको हो ।

अनुगमनमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामा, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जे एन थपलियालगायतको सहभागिता थियो । प्रदेश राजधानी हेटौँडामा दैनिक पाँच टन पाउडर दूध उत्पादन क्षमताको उद्योग स्थापना प्रक्रिया शुरु भएको छ । प्रदेश सरकारले गठन गरेको वाग्मती प्रदेश दूग्ध विकास बोर्डद्वारा उक्त उद्योग स्थापनाका लागि भवन निर्माणको काम भइरहेको छ ।

चितवन र मकवानपुरलगायतका क्षेत्रमा पशुपालक किसानले उत्पादन गरेको दूध बिक्री नहुँदा दुग्ध विकास संस्थानको कार्यालय हेटौँडाले खरीद गरी पाउडर बनाउन विराटनगर लैजाने गरेको छ । संस्थानको विराटनगरमा पाउडर उद्योग छ ।

दूधको खपत बढाउन र उत्पादित दूध खेर जान नदिन पाउडर उद्योगको स्थापना गर्नु सराहनीय काम भएको किसानको भनाइ छ । प्लान्टमा दैनिक ६० हजार लिटर दूधबाट पाँच मेट्रिकटन पाउडर उत्पादन गर्ने लक्ष्य रहेको छ । चालू आर्थिक वर्ष २०७७/७८ को पुस १ गते निर्माण सम्झौता गरेको काठमाडौँ इजी इन्फा प्रालीले एक वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी काम थालेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>