कर्पोरेट

क्लासिक टेकको फास्ट इन्टरनेट सेवा अब विर्तामोड र दमकमा

Banner

चितवन, चैत ५-

क्लासिक टेक प्रालिले आफ्नो १०२ र १०३ औंं आउटलेट प्रदेश नम्बर १ झापाका प्रमुख बजारहरु बिर्तामोड र दमकमा सञ्चालनमा ल्याएको छ ।

कम्पनीले आज प्रेषित गरेको विज्ञप्ति अनुसार प्रदेश नम्बर १ का ग्राहकलाई प्रत्यक्ष र सहजरुपमा सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ शाखाहरु प्रमुख शहरहरुमा सञ्चालनमा ल्याएको हो । नयाँ शाखाहरु क्लासिक टेकले बिर्तामोडको धनसूर्य कम्प्लेक्स शनिश्चरे रोडमा तथा दमकको मंगलदिप मार्केटको दोस्रो तल्लामा स्थापना गरेको छ ।

क्लासिकटेकका प्रमुख सेल्स एण्ड मार्केटिङ अफिसर विनय कुमार अधिकारी तथा कम्पनीका फाइबर प्रमुख चम्पक खड्काले संयुक्तरुपमा दुवै नयाँ आउटलेट उद्घाटन गरेका थिए । सञ्चालनमा ल्याएका नयाँ शाखाबाट कम्पनीले पूर्वी भेगका हरेक साना गाउँहरुमा आफ्नो नेटवर्क र सेवा विस्तार गर्ने योजना लिएको छ । यी आउटलेटबाट तीव्ररुपमा ग्राहकलाई सेवा उपलब्ध गराउनका लागि ४५ जना कर्मचारीहरु कस्टम र सपोर्ट, फाइबर स्टाफ, बिलिङ र मार्केटिंङका लागि राखेको छ ।

यस अघिदेखि नै क्लासिकटेकले बिर्तामोड र दमक क्षेत्रमा बैँक तथा वित्तीय संस्थालाई इन्टरनेट उपलब्ध गराउँदै आएकोमा अब भने कम्पनीले सर्वसाधारण ग्राहकलाई समेत इन्टरनेट सेवा उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख छ । घरायसी प्रयोजन, साना कार्यालयहरु र कर्पोरेट कम्पनीका लागि समेत सो सेवा उपलब्ध हुनेछ । कम्पनीले नेपालकै सबैभन्दा सस्तो धमाकेदार अफर झापाका सेवाग्राहीको लागि पनि उपलब्ध गराएको छ र अब यो सेवा स्थानीयबासीले समेत लिन सक्ने भएका छन्।

नयाँ आउटलेटहरु सञ्चालनमा आएसँगै नेपालको पूर्वी भेगको प्रमुख शहरहरुमा ग्राहकहरुले घरनजिकबाटै कम्पनीको सेवा लिन सक्ने बताए । झापाको बिर्तामोड र दमक, नेपालको पूर्वक्षेत्रका प्रमुख शहरहरु हुन् जहाँ हाम्रो फास्ट इन्टरनेट सेवा अब ग्राहकहरुले घर नजिकैको शाखाबाट सजिलै लिन सक्नेछन् । अरु इन्टरनेट सेवा प्रदायकहरुको भन्दा उत्कृष्ट मूल्यमा हामी तीव्र गतिको इन्टरनेटका साथै उत्कृष्ट ग्राहक सेवा दिनेछौं । ‘कम्पनीको पूर्वी क्षेत्रका डेपुटी चिफ रिजनल अफिसर भुपालसिंह कार्कीले भने ।

कम्पनीले धमाकेदार अफरअन्तर्गत २० एमबीपीएस स्पिडको इन्टरनेट केबल ७९९ प्रति महिनामा उपलब्ध गराउँदै आएको छ जसका साथमा १५०टिभी च्यानलहरु र युट्युब समेत हेर्न सकिने सुबिधा रहेको कम्पनीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>