Breaking News

कवाड संकलकहरुको सम्मानमा चितवनमा साइकल र्‍याली, समाजको दृष्टिकोण बदलिने आशा

Banner

चितवन, चैत ५-

अन्तर्राष्ट्रिय कवाड दिवसको (ग्लोबल रिसाइकलिङ डे) अवसरमा चितवनमा साइकल र्‍याली निकालिएको छ । हरेक दिन साइकल चलाएर पुनप्रयोग गर्न सकिने (कवाडी) सामान संकलन गर्ने पेसा अपनाएका सफाइकर्मीको सम्मानमा यो र्‍याली निकालिएको हो ।

क्रिएसन नेपाल संस्थाको ‘रिसाइकल साथी’ द्वारा गरिएको ¥याली भरतपुर महानगरको चौबिसकोठीदेखि सुरु भएर शिवघाटमा पुगी टुङ्गिएको थियो । कार्यक्रममा १०० बढी कवाडी सामान संकलन तथा विभिन्न व्यक्तिहरु गरी १५० बढी सहभागी भएका थिए । र्‍याली कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले फोहोरको वर्गीकरण र पुनप्रयोग प्रमुख चुनौतीको रुपमा रहेको बताइन् । प्रमुख दाहालले हरेक दिन फोहोर उठाएर शहर स्वच्छ सफा राख्ने सफाइकर्मी प्रति सम्मान पनि व्यक्त गरिन् ।

 र्‍यालीमा सहभागी भारत मोतिहारी विहारका ६५ वर्षीय बबन शाहले आफूले गरेको कामको सम्मान गरेकोमा खुसी व्यक्त गरे । उनले भने ‘मान्छेले त हाम्लाई गाली गर्छ । देशी भन्छ । यसरी सम्मान गरिदैन दुःख लाग्छ । आज खुसी लागिराछ ।’ यस्तै कवाडी व्यवसायी संघका सचिव राजु रम्तेलले फोहोर मैलामा काम गर्ने पेसाकर्मीको आत्मसम्मान तथा समाजले हेर्ने दृष्टिकोण परिवर्तनको लागि साइकल ¥यालीले राखिएको बताए । यस्तै रिसाइकलर साथीका कार्यक्रम प्रबन्धक प्रतिष्ठा श्रेष्ठले सफाइकर्मीको कामको सम्मान महत्वपूर्ण रहेको बताइन् । र्‍यालीमा ‘कवाडी बेकार होइन रोजगार हो ।’ ‘हेलाहोइन सम्मान गरौं ।’ ‘हाम्रो लक्ष्य सफा शहर ।’ ‘सोचांै कवाडी नभए के हुन्छ ?’ लगायतका सचेतनामूलक पोष्टर पनि प्रदर्शन गरिएको थियो ।

तस्विरः इश्वर जोशी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>