Breaking News
माधव पक्षलाई आत्मालोचनासहित फर्किन निर्देशन, नफर्किनेलाई धमाधम कारवाही थालिने
०

काठमाडौं, चैत ५–
सत्तारुढ नेकपा (एमाले)को संसदीय दलको बैठक अहिले बालुवाटारमा जारी छ ।
दलका नेता केपी शर्मा ओलीको अध्यक्षमा भइरहेको बैठकले विभिन्न निर्णयहरु गरिरहेको छ । सोही बैठकले एमालेको नाममा गुटगत भेला गर्ने नेताहरूलाई स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्न सांसदहरूलाई आह्वान समेत गरेको छ ।
बैठकले आत्मालोचनासहित संसदीय दल र पार्टीको कार्यक्रम सहभागी हुन सांसदहरूलाई आह्वान गर्दै अन्यथा विधान अनुसार स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























