अन्तर्राष्ट्रिय

एसियाकै सबैभन्दा धनी व्यक्ति बने भारतीय अर्बपति अम्बानी

Banner

मुम्बई,चैत ५-

भारतीय अर्बपति व्यापारी मुकेश अम्बानी एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । सम्पतिको मूल मुल्य ८० अर्ब अमेरिकी डलर बराबरसहित मुकेश अमबानी एसियाका सबैभन्दा धनी व्यक्ति घोषित भएका हुन् । ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सको पछिल्लो सूचीमा अम्बानी सुचिकृत भएका हुन् । गत २ वर्ष यता बहुराष्ट्रिय प्राविधिक कम्पनी अलिबाबाका मालिक ज्याक मालाई समेत पछि पार्दै अम्बानी एसियाकै धनी व्यापारीमा सुचीकृत हुँदै आएका छन् ।

दोस्रो स्थानमा परेका चिनियाँ अर्बपति व्यापारी झोङ सानसानको ७६ दशमलब ६ अर्ब अमेरिकी डलर बराबरको सम्पति मूल्य छ। झोङको पानीको बोतल कम्पनीले यो साता २० प्रतिशत मात्र रेकर्ड राखेको थियो । गत साता भन्दा २२ अर्ब डलर कम सम्पति मूल्यमा झरेर उनी ७६ दशमलब ६ अर्ब अमेरिकी डलरमा कायम भएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>