चितवन विशेष
उवासंघ चितवनको घरेलु समितिमा ओलीको नेतृत्व

चितवन, चैत ३
उद्योग वाणिज्य संघ–चितवनले घरेलु, लघु, मझौला तथा साना उद्योगको विकास, प्रबद्र्धन र बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यले घरेलु तथा साना उद्योग समिति गठन गरेको छ ।
उद्योग वाणिज्य संघ–चितवनमा आज सम्पन्न उद्यमीहरुको भेलाले उक्त समिति गठन गरेको हो । घरेलु, साना तथा मझौला उद्योग क्षेत्रको विकास, विस्तार तथा पवद्र्धनका लागि नेपाल सरकार एवम् सम्बन्धित संघसंस्थासँग समन्वय एवम् सहकार्य गरी कार्य गर्नका लागि समिति गठन गरिएको संघका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । नेपाल उद्योग वाणिज्य महासंघको घरेलु तथा साना उद्योग समिति विभागअन्तर्गत उक्त समिति गठन गरिएको र समितिले महासंघ संग सहकार्य गरि कार्यक्रमहरु आयोजना गर्ने संघका निवर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणि समिति सदस्य सहनलाल प्रधानले बताए ।
संघका कार्यसमिति सदस्य राजेन्द्र ओलीको संयोजकत्वमा गठन गरिएको समितिका सदस्यमा लिलबहादुर क्षेत्री, अरुण कुमार खनाल, सुधा पोखरेल, दुर्गाप्रसाद गौतम, अनुशा पाठक, दिनुप बराल, संजय श्रेष्ठ र गोपाल गौतम रहेका छन् । यसैगरी सल्लाहकारमा संघका अध्यक्ष राजु श्रेष्ठ, निवर्तमान अध्यक्ष एवम् नेउवामहासंघका कार्यकारिणि समिति सदस्य सहनलाल प्रधान र पूर्वअध्यक्ष मित्रराज दवाडी रहेका छन् । आज मंगलबार नै नवगठित समितिको पहिलो बैठक सम्पन्न गरी निकट भविष्यमा कार्ययोजना तर्जुमा गोष्ठीको आयोजना गरी कार्यक्रम सञ्चालन गर्ने समितिका संयोजक राजेन्द्र ओलीले बताए ।
























